टिभी खोल्ने क्रममा करेन्ट लागेर लमजुङमा बालिकाको मृत्यु

टिभी खोल्ने क्रममा करेन्ट लागेर लमजुङमा बालिकाको मृत्यु

baby

लमजुङ ।  टिभी खोल्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ।

जिल्लाको राइनास नगरपालिका वडा नं -७ सालफेदीस्थित राकेश पाण्डेकी ८ वर्षीया छोरी शृष्टि पाण्डेको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालिकाले टिभी अन गर्ने क्रममा सेन्ट्रल बक्समा छुन जाँदा करेन्ट लागेको हो । बक्समा तार सर्ट भएर करेन्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

करेन्ट लागेर घाइते भएकी बालिकालाई उपचारका लागि तत्काल वडा कार्यालय स्थित सहोदर सामुदायिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds