कास्कीका १९७ सहित गण्डकीमा थप ४१७ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

कास्कीका १९७ सहित गण्डकीमा थप ४१७ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

1

सोमबार गण्डकीका ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२७ जनामा गरिएको नमुना परीक्षणमा ४१७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १९७ जना, तनहुँका २४ जना, गोरखाका ४९ जना, लमजुङका १५ जना, नवलपुरका ५५ जना र स्याङ्गजाका ३० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका ३९ जना, बागलुङका सात जना र मनाङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६१ हजार ९२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २९४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५८ हजार २४ पुगेको छ।

सोमबार गण्डकीमा थप छ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि नवलपुरका दुई जना, बागलुङका एक जना, कास्कीका एक जना, स्याङ्गजाका एक जना र मनाङ जिल्लाका एक जना छन्  ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०३१ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds