रोहनसँग टिकटक स्टार बिनाको ‘क्या बबाल’ [भिडियो]

रोहनसँग टिकटक स्टार बिनाको ‘क्या बबाल’ [भिडियो]

kya babal

पोखरामा जमेका मोडल रोहन नेपाली र टिकटकबाट चर्चित बनेकी बिना रावत फिचरिङ म्युजिक भिडियो ‘क्या बबाल’ यूट्युबमार्फत सार्वजनिक भएको छ।

अहिलेका चर्चित कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले मोडल रोहन र बिनालाई नृत्यसंगै रोमान्टिक मुडमा प्रस्तुत गरेका छन्। सौरभ लामाले खिचेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन् ।  भिडियोमा सरस्वती श्रेष्ठको शृङ्गार रहेको छ।

मनि खालिङको प्रस्तुतिमा निर्माण भएको भिडियो पछिल्लो समयको माग अनुसार तयार पारिएकाले दर्शकले माया गर्ने रोहनको अपेक्षा छ । सुभाष ढुङ्गानाको स्वर रहेको गीतकाे संगीत हरि लम्सालकाे रहेकाे छ । सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ