बागलुङमा घाँस काट्दा भीरबाट लडेर एक पुरुषको मृत्यु

बागलुङमा घाँस काट्दा भीरबाट लडेर एक पुरुषको मृत्यु

death-ladera-

बागलुङ । बागलुङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ ।

आज बिहान जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

घटनाबारे स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ