मंगलबार कास्कीका १७९ सहित गण्डकीमा थप ४३८ जनामा कोरोना पुष्टि, ७ को मृत्यु

मंगलबार कास्कीका १७९ सहित गण्डकीमा थप ४३८ जनामा कोरोना पुष्टि, ७ को मृत्यु

Gandaki covid corona 3

मंगलबार गण्डकीका ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २०४ जनामा गरिएको नमुना परीक्षणमा ४३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १७९ जना, तनहुँका २० जना, गोरखाका २० जना, लमजुङका २५ जना, नवलपुरका ७४ जना र स्याङ्गजाका २९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका तीन जना, बागलुङका ६१ जना, म्याग्दीका २० जना र मनाङ जिल्लाका सात जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६२ हजार ३६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २६९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५८ हजार २९३ पुगेको छ।

मंगलबार गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका एक जना, म्याग्दीका एक जना, लमजुङका एक जना र कास्की जिल्ला पोखरा महानगरका चार जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०३८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds