फेवासिटीमा तनावः स्याङ्जाकी युवतीको पत्थरी शल्यक्रियाको क्रममा निधन, चिकित्सकको लापरबाहीको आरोप (भिडियो)

फेवासिटीमा तनावः स्याङ्जाकी युवतीको पत्थरी शल्यक्रियाको क्रममा निधन, चिकित्सकको लापरबाहीको आरोप (भिडियो)

Sabina Pokhrel Dhakal

पोखरा नागढुंगा स्थित फेवा सिटी हस्पिटलमा उपचाररत बिरामीको मृत्युपछि तनाव सिर्जना भएको छ । स्याङ्जाकी युवतीको पत्थरीको शल्यक्रियाको क्रममा असफल भएको जानकारी परिवारलाई दिएपछि आफन्त आन्दोलित भएका छन् ।

आँधिखोला गाउँपालिका वडा नं. ६ शेरा घर भएकी २६ वर्षीया सबिना पोख्रेल ढकाल विहीबार पूर्वान्ह साढे ११ बजे पोखरा आइपुगेकी थिइन् । परिवारको साथमा उनी एम्बुलेन्समार्फत पोखराको फेवासिटीमा उपचारका लागि आएकी हुन् । कोखा दुखेर आएकी उनको दिनभर उक्त हस्पिटलमा स्वास्थ्य जाँच गरिएकोमा डाक्टरले पत्थरी भएको जानकारी गराएको परिवारजनले बताएका छन् ।

लगत्तै अप्रेशन गर्नुपर्छ भन्दै साँझ अप्रेशन गरिएको आफन्तको भनाई छ । अस्पतालले अत्याधुनिक प्रविधियुक्त मेसिनमार्फत पत्थरीको शल्यक्रिया गर्ने सुविधा छ भनेर आफूहरु शल्यक्रियाका लागि राजी भएको उनीहरु बताउँछन् ।

शल्यक्रिया गर्न सबै स्वास्थ्यवस्था ठीक छ भनेर बेलुकी ९ बजे अप्रेशन असफल भयो, बिरामीको मृत्यु भनेर जानकारी गराएकोमा उनीहरु रुष्ट छन् । ‘एक त जुन एम्बुलेन्समा आइयो, त्यही एम्बुलेन्समा फर्कने भनेर अस्पताल परिसरमै एम्बुलेन्स छ । कोखा दुख्यो भनेर मात्र आएका हौं । पत्थरी छ, अप्रेशन गर्ने भनेर लगिएकोमा एक्कासी मृत्यु भयो भन्दा दोष कसको हुन्छ ? सिधै डाक्टर, अस्पतालको दोष भएन ?’ – आफन्त सन्दीप ढकालले भने ।

अहिले त एड्मिसन नै भएको होइन भनेर प्रशासनले भन्ने, ट्रकका ट्रक प्रहरी परिचालन गर्ने, कुन चिकित्सकले अप्रेशन गरेको नभन्ने, अप्रेशन गर्नु अघि नै बेहोस भएको भन्ने जस्ता कपोल्कल्पित कुरा प्रशासनबाट आउन थालेपछि आफूहरु अस्पतालकै लापरबाहीले बिरामीको ज्यान गएकोमा निश्चित भएको उनीहरुको ठम्याई छ । अहिले अस्पताल प्रशासन पनि मिडियासमक्ष बोलेको छैन । अस्पताल प्रशासन र मृतक पक्ष वार्तामा छन् । पुतलीनगर पस्र्याङ माइत भएकी सबिनाको ६–७ वर्षकी एउटी छोरी छन् ।

थप जानकारीका लागि यस भिडियो हेर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ