गण्डकी प्रदेशमा आज ६ जना नयाँ मन्त्रीको नियुक्तिसँगै ११ सदस्यीय मन्त्रीमण्डल बनेको छ । काँग्रेसले मुख्यमन्त्रीसहित ५ पाउँदा माओवादी केन्द्रले अर्थमन्त्रीसहित ४ र जसपा एक मन्त्रीमै चित्त बुझाउन बाध्य हुँदा स्वतन्त्र दीपक मनाङे मन्त्री छन् । माओवादीकी १ जना बाहेक कुनै पार्टीले महिलालाई मन्त्रीमा पठाएन । काँग्रेसले नदिएपछि जसपाकी धनमाया लामाको तिक्तता चर्को छ ।
काँग्रेसबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल (नवलपुर) सहित कास्कीका कुमार खड्का भौतिक पूर्वाधारमन्त्री, बाग्लुङ सांसद मणिभद्र शर्मा कँडेल उद्योग, पर्यटन मन्त्री, स्याङ्जाका मेखलाल श्रेष्ठ सामाजिक विकास मन्त्री र कास्कीका बिन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री नियुक्त भए ।
पौडेल पक्षको उपस्थिति शून्य
तनहुँका डोबाटे विश्वकर्मा मन्त्री हुनेमा समावेशीताका आधारमा पनि सम्भावना बलियो मानिएको थियो । विश्वकर्मा हिजो मन्त्री बन्ने सूचीमा परेका थिए । काँग्रेस श्रोतका अनुसार अन्तिम अवस्थामा उनको नाम काटिएको हो । विश्वकर्मा रामचन्द्र पौडेल पक्षधर हुन् ।
गण्डकी क्याबिनेटमा रामचन्द्र समूहको उपस्थिति शून्य हुन पुगेको छ । मुख्यमन्त्रीसहित काँग्रेसका ५ जनामध्ये ३ जना संस्थापन देउवा प्यानलका छन् भने १ जना गोपालमान श्रेष्ठ छन् । नवलपुरका मुख्यमन्त्री सशांक कोइराला निकट छन् ।
बिन्दुको ‘इन्ट्री’
मुख्यमन्त्री नियुक्तिपछि पहिलो दिन नै मन्त्रीमा आकांक्षी कास्कीका बिन्दुकुमार थापा अन्ततः मन्त्री बन्न सफल भएका छन् । मन्त्रीको सपथ खान दौरा सुरुवालमा ठाँटिएर समारोहमा पुगेका बिन्दुलाई मन्त्री नियुक्त नगरिएपछि उनी पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने मनस्थितिमा समेत पुगेका थिए । परिवारबाटै चर्को दबाबले उनी पछि हटेको हल्ला बाहिर आयो ।
मन्त्री बन्न उनको अग्रसरतालाई अन्यथा लिन पनि सकिन्न । उनी कास्कीमा काँग्रेसको बिउ जोगाउने एकमात्र उम्मेदवार पनि हुन् । कास्कीका ३ प्रतिनिधि सभा र ६ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा बिन्दु एक्लैले काँग्रेसबाट जितेका हुन् ।
एमाले र माओवादीको बाम गठबन्धन हुँदा काँग्रेस कास्कीमा बढारिन पुगेको थियो । माओवादीका राजकाजी गुरुङ (करण)लाई पराजित गर्दै कास्की २ (ख) बाट बिन्दु निर्वाचित भएका थिए । काँग्रेसको बिउ जोगाउन सकियो भनेर काँग्रेसीजनहरु औधी खुशी भएका थिए । अहिले आफै भिडेको माओवादी पार्टीसँगकै आफ्नो नेतृत्वको गठबन्धनको सरकारमा उनी मन्त्री बन्न पुगेका छन् ।
काँग्रेसको झण्डा बोकेरै दशकौं राजनीति गर्नेहरु वडा सदस्यमा समेत पुग्न नसकिरहेका बेला व्यापारिक क्षेत्रबाट पार्टी राजनीतिमा होमिएका व्यक्तिलाई सांसद टिकट दिने ? भन्दै केही असन्तुष्टि थियो । पैसाको बलमा राजनीतिमा माथि पुगेको आरोप उनीमाथि पार्टीकै कार्यकर्ताले लगाउँछन् । पार्टी स्थानिय राजनीतिमा परिचित अनुहार नरेशशंकर पालिखे बागी उठ्दासमेत उनले करणलाई हराउन सफल भएका थिए । आर्थिक हैसियतमा माथि रहेका थापा शीर्ष नेताहरुलाई प्रभावमा पार्दै अन्ततः मन्त्री बन्न पुगेका छन् ।
सम्बन्धित समाचारः
गण्डकी मन्त्रीपरिषद्को पूर्णताः मुख्यमन्त्रीसहित काँग्रेस ५, माओवादी ४, जसपामाथि फेरि धोका
गण्डकीमा ६ मन्त्री थपिए, लिए सपथ, परेनन् महिला
कास्कीबाट पहिलो प्रदेशसभा सदस्य काँग्रेसका बिन्दुकुमार थापा (फोटो फिचर)
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो