पोखरा । पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे छलफल भएको छ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन आएलगत्तै बंगलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सिधा हवाइ उडान प्रभावकारी हुने विमान बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताए । उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरु आकर्षित हुने गरेका छन् ।
हाल ढाका–काठमाडौं दैनिक एक उडानमात्रै हुँदै आएको छ । ५ करोड जनसंख्या रहेको बंगलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्राउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुन सक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई वताए ।
विमान संचालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिदिने नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतिबद्धता जनाए ।
पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बंगलादेशीहरु नेपाल आउने गरेकोमा २० हजार जति पोखरा घुम्ने बताए ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिए । नाट्टाका पूर्व अध्यक्ष वासु त्रिपाठीले पछिल्लो समय बंगलादेशीको आकर्षण पोखरामा बढ्दै गएको बताए ।
कार्यक्रममा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, नाट्टाका उपाध्यक्ष हरिराज अधिकारी, नाट्टाका सचिव संगीता पौडेल, टानका अध्यक्ष सुशीलराज पौडेल लगायतले बोलेका थिए । छलफलमा बंगलादेशका ५ प्रतिनिधिको सहभागिता थियो ।
पोखरामा निर्माणाधीन विमानस्थल यसै वर्ष सकिने लक्ष्य रहेकोमा कोरोना प्रभावले १ वर्ष पछि धकेलिएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो