कोरोनाविरुद्धको खोप लगाउन सबै जिल्लामा अनलाइन फारम भर्नुपर्ने (फाराम सूचीसहित)

कोरोनाविरुद्धको खोप लगाउन सबै जिल्लामा अनलाइन फारम भर्नुपर्ने (फाराम सूचीसहित)

corona-khop

स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेएको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षदेखि ५० वर्षका नागरिकहरुले अनलाइन फाराम भरेर प्राप्त गरेको दर्ता नम्बर ल्याएपछि मात्रै कोरोनाको खोप उपलब्ध हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रअनुसार अनलाइनमार्फत कोरोना खोप लगाउने निर्णय भएको कार्यालयले जनाएको छ । साथै, १८ देखि ५० वर्षका नागरिकलाई सकेसम्म चाँडो अनलाइन आवेदन फाराम भर्न पनि कार्यालयले जनाएको छ ।

खोपका लागि आवेदन फाराम भर्न स्वास्थ्य मन्त्रालयको वेवसाइट भिजिट गर्नुपर्ने हुन्छ ।

खोपका लागि आवेदन भर्न यहाँ क्लिक गर्नुहोस् अनि भर्नुहोस्स्

https://vaccine.mohp.gov.np/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds