पहिरोले थुनिएको म्याग्दीको गुर्जाखोला बग्न थाल्यो, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

पहिरोले थुनिएको म्याग्दीको गुर्जाखोला बग्न थाल्यो, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

khola-badhi

म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलोमा पानी ओभरफ्लो भएर बग्न थालेको छ ।

म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक नदी गुर्जा नदी शनिबार (हिजो) बेलुकी ५ बजेदेखि थुनिएको हो ।

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित खास्काको डाँडाबाट शनिबार दिउँसो खसेको पहिरोले गुर्जा नदी ठूलो तलाउ बनेको छ ।

तलाउ एकैपटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाइएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिए।

धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिका भएर म्याग्दी नदी बग्छ । चारवटै स्थानीय तहको तटीय क्षेत्रका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ