कास्कीका २७५ जनाको नमुना परीक्षण गर्दा २०० जनामा कोरोना पुष्टि

कास्कीका २७५ जनाको नमुना परीक्षण गर्दा २०० जनामा कोरोना पुष्टि

IMG_8252

आइतबार गण्डकीका ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२८ जनामा गरिएको नमुना परीक्षणमा ४४७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २७५ जनामा गरिएको नमुना परीक्षणमा २०० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यस्तै तनहुँका १४ जना, गोरखाका २६ जना, लमजुङका १९ जना, नवलपुरका ११ जना र स्याङ्गजाका ६७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पर्वतका आठ जना, बागलुङका १०० जना र म्याग्दी जिल्लाका दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६४ हजार ३९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६० हजार २६० पुगेको छ।

आइतबार पनि गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका दुई जना, बाग्लुङ्गका एक जना र गोरखा जिल्लाका एक जना छन्।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०५४ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ