पोखरामा सोमबारदेखि कोरोना विरुद्धको खोप दिइने, कहाँ-कहाँ कसले लगाउने ?

पोखरामा सोमबारदेखि कोरोना विरुद्धको खोप दिइने, कहाँ-कहाँ कसले लगाउने ?

pkr khop aviyan2

पोखरामा साउन ११ गते सोमबारदेखि तीन दिन  कोरोना विरुद्धको खोप दिइने भएको छ । महानगरका सबै स्वास्थ्य केन्द्रबाट खोप दिइने तयारी छ ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचना प्रकाशित गरी साउन ११, १२ र १४ गते कोरोना विरुद्धको खोप दिइने जनाएको छ ।

साउन ११ गते भेरोसिल खोप दिइने छ । ११ गते शिक्षक या नागरिकताको प्रमाणपत्रमा जन्म कम्तिमा २०२३ साल उल्लेख भएका नागरिकले खोप पाउनेछन् ।

यस्तै, साउन १२ गते जनसन खोप दिइने स्वास्थ्य महाशाखाले जनाएको छ । १२ गते खोप लगाउनेका लागि नागरिकता एवं उमेर खुल्ने प्रमाणपत्रमा जन्म २०२४ देखि २०२६ उल्लेख भएको हुनुपर्नेछ ।

यसैगरी वैदेशिक रोजगारमा जाने तथा अपांगता भएका व्यक्तिहरुका लागि साउन १२ गते मंगलबार खोप दिइने भएको छ । अपांगता भएका व्यक्तिले जनप्रिय मावि सिमलचौर र वैदेशिक रोजगारमा जानेका लागि अमरसिंह उच्च माविबाट खोप प्रदान गरिनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ