कास्कीका ४४४ जनाको परीक्षण गर्दा २५४ जनाको रिपोर्ट पोजेटिभ, थप ४ को मृत्यु पुष्टि

कास्कीका ४४४ जनाको परीक्षण गर्दा २५४ जनाको रिपोर्ट पोजेटिभ, थप ४ को मृत्यु पुष्टि

1

मंगलबार गण्डकीका ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३८ जनामा गरिएको नमुना परीक्षणमा थप ५५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४४४ जनामा गरिएको नमुना परीक्षणमा २५४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यस्तै तनहुँका २१ जना, गोरखाका ८६ जना, लमजुङका १४ जना, नवलपुरका ६५ जना र स्याङ्गजाका ५४ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पर्वतका ३२ जना, बागलुङका दुई जना, म्याग्दीका २२ जना, मुस्ताङ्गका एक जना र मनाङ्ग जिल्लाका आठ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६५ हजार ६६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३६० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६० हजार ९९४ पुगेको छ।

मंगलबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पर्वतका एक जना र कास्की जिल्ला पोखरा महानगरपालिका निवासी तीन जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०६६ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ