गोठमा घाँस हाल्न जाँदै गरेकी महिलाको हत्या

गोठमा घाँस हाल्न जाँदै गरेकी महिलाको हत्या

murder case

SYMBOLIC PICTURE!!!

भैंसीलाई घाँस हाल्न गोठतिर जाँदै गर्दा धारिलो हतियार प्रयोग गरी मनकला खत्री खड्काको गत राति घरमै हत्या भएको छ ।

रुकुम त्रिवेणि गाउँपालिका–४ छहरेस्थित अन्दाजी २६ वर्षीया मनकला घरभन्दा करिब २ सय मिटर टाढा रहेको गोठका भैंसीलाई घाँस हाल्न सोमबार बेलुका सात बजेतिर गएकी उनी लामो समय नफर्केपछि परिवारमा उनको खोजी गरिएको थियो ।

खोज्ने क्रममा राति १० बजेतिर उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । प्रहरी राति १२ बजे घटनास्थल पुगेको थियो

। उनको शव गोठ भन्दा केही तल कान च्यातिएको, नाकमा धारिलो हतियार प्रयोग भएको र मृतक रगताम्य अवस्थामा फेला परेको प्रहरी प्रमुख श्रेष्ठले बताए । हत्याराले उनीले लगाएका गरगहना पनि लुटेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले घटनास्थल शील गरी अनुसन्धान गरिरहेको बताएको छ । हत्यामा कसको संलग्नता हो अहिलेसम्म केही खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार अहिले घटनाबारे केही स्थानीयलाई सोधपुछ गर्ने काम चलिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ