रोकेर राखेको बसमा रेल ठोक्किँदा ११ जनाको ज्यान गयो

रोकेर राखेको बसमा रेल ठोक्किँदा ११ जनाको ज्यान गयो

accident_kVPa2n4DZr

भारतमा बस र रेल एकआपसमा ठोक्किँदा ११ जनाको ज्यान गएको छ । हिजो राति लखनउँ–अयोध्या राजमार्गमा यो दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रामसहेनिघाटको पुलमाथि बिग्रेपछि रोकेर राखेको डबल डेकर बसमा लखनउबाट आइरहेको रेलले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर बसमा सवार ११ जनाको घटनास्थलमै ज्यान गएको छ भने केही गम्भीर घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।

प्रहरी तथा स्थानीयको सहयोगमा घटनास्थलबाट शव हटाउने तथा घाइतेलाई अस्पताल पुर्याउने काम भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ