कास्कीका ४२५ जनाको नमुना परीक्षण गर्दा २५५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु पुष्टि

कास्कीका ४२५ जनाको नमुना परीक्षण गर्दा २५५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु पुष्टि

Gandaki covid corona 3

पोखरा । केही दिन यता गण्डकीमा कोरोना संक्रमितको संख्यामा लगातार वृद्धि आएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३०७ जनामा गरिएको नमुना परीक्षणमा थप ६२५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४२५ जनामा गरिएको नमुना परीक्षणमा २५५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यस्तै तनहुँका ६० जना, गोरखाका ४७ जना, लमजुङका २० जना, नवलपुरका ७७ जना र स्याङ्गजाका ५० जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पर्वतका २१ जना, बागलुङका ६३ जना र म्याग्दी जिल्लाका ३२ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६६ हजार २८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६१ हजार ३७० पुगेको छ।

बुधबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, स्याङ्गजाका दुई जना, बागलुङका एक जना र कास्की जिल्लाका चार जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०७४ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ