२४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

२४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

deathh corona

File Photo

पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुल १५ हजार ८०८ जनाको नमूना परीक्षाण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

१० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ को एन्टिजेन परीक्षण गर्दा १२०६ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७७१ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनाबाट मुक्त भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ