पोखराका ३० वर्षीय युवकसँगै ९ जनाको मृत्यु पुष्टि, थप ४२७ जनामा संक्रमण

पोखराका ३० वर्षीय युवकसँगै ९ जनाको मृत्यु पुष्टि, थप ४२७ जनामा संक्रमण

covid-19-corona

 पोखरा । बिहीबार गण्डकीका ४२७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ९५ जनामा गरिएको नमुना परीक्षणमा थप ४२७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३६४ जनामा गरिएको नमुना परीक्षणमा १६८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यस्तै तनहुँका २७ जना, गोरखाका ३१ जना, लमजुङका नौ जना, नवलपुरका ६९ जना र स्याङ्गजाका ४३ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पर्वतका ४१ जना, बागलुङका २१ जना र म्याग्दी जिल्लाका १८ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६६ हजार ७१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६१ हजार ४०३ पुगेको छ।

बिहीबार गण्डकीमा थप नौ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पर्वतका छ जना, तनहुँका एक जना, कास्कीका एक जना र बागलुङका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०८३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ