पोखरा । बिहीबार गण्डकीका ४२७ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ९५ जनामा गरिएको नमुना परीक्षणमा थप ४२७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३६४ जनामा गरिएको नमुना परीक्षणमा १६८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यस्तै तनहुँका २७ जना, गोरखाका ३१ जना, लमजुङका नौ जना, नवलपुरका ६९ जना र स्याङ्गजाका ४३ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, पर्वतका ४१ जना, बागलुङका २१ जना र म्याग्दी जिल्लाका १८ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६६ हजार ७१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६१ हजार ४०३ पुगेको छ।
बिहीबार गण्डकीमा थप नौ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पर्वतका छ जना, तनहुँका एक जना, कास्कीका एक जना र बागलुङका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०८३ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु