पोखरा २५ स्थित हेमजाबासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनलाई आग्रह गरेका छन्। विहिबार (आज) हेमजामा आयोजित बधाई ज्ञापन कार्यक्रममा मन्त्री बराललाई फुलमाला र खादाले बधाई ज्ञापन गर्दै हेमजाबासीले जनताको भावना र जनताको प्रथामिकताको आधारमा काम गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री बरालले हाल आफु प्रदेशको मन्त्री भएकोमा प्रदेशका जनताको आवश्यकता र प्रथामिकताको आधारमा र चुनावमा जनता सामु गरेका वाचा पुरा गर्न पहल गर्ने बताए । बहुमत हिस्सालाई बाम गठबन्दन र एकता होस भन्ने चहाना भएको मन्त्री बरालको भनाई छ । उनले भने “ म के विश्वास दिलाउन चहान्छु भने, अथवा म के कुरामा विसोस्त छु भने नेपालमा एउटै कम्यूनिष्ट पार्टी बन्द त्यो दिशा तर्फ हेमजाबासीले एउटा सन्देस दिनु भएको छ । ” निर्वाचनका वेला, निर्वाचन पश्चात र हाल पनि कम्यूनिष्टहरु एक हुनु पर्छ भन्ने हेमजाबासीको सन्देसले आफुहरुलाई पनि बाम एकता हुनुपर्ने पक्षमा रहेको उनले बताए । मन्त्री बरालले भने “राजनीतिक हिसावले केही दरार भए पनि हेमजाबासीका कम्यूनिष्टमा सधै कम्युनिष्टहरु एक हुनु पर्छ भन्ने एकताको सन्देस दिइनै राख्नु भएको छ, एकता हार्दिकता, आत्मियताले हामीलाई थप बल पुगेको छ ।”
पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले नेपालका कम्यूनिष्टहरु एक हुनु पर्ने बताए । पोखरा महानगरपालिकाले आफ्नो वडालाई सौतनी व्यवहार गरेर माग गरेको बजेटमा न्यूनतम बजेट विनियोजन गरेको उनले गुनासो गरे ।
नेपाल कम्यूनिष्ट पार्टी पोखरा २५ हेमजा कमिटिको संयोजनमा भएको बधाई ज्ञापन कार्यक्रममा स्थानिय आमा समुुह, युवा क्लव तथा विभिन्न संघ संस्था र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको नेपाल कम्यूनिष्ट पार्टीका नेता माधवशरण पौडेलले बताए । हेमजा लाम्पाटा, हेमजा सुइखेत खोला नियन्त्रण समिति, याम्दीका आमा समुह लगायतले स्थानिय रुपमा रहेको समस्या समधान गर्न मन्त्री समक्ष आग्रह समेत गरेका छन्।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो