Gandak News
Our News Your Views
Promote your business here Gandaknews

हराएका बालक परालले छोपिएको अवस्थामा मृ‌त फेला, बुवा र कान्छी आमा फरार

महोत्तरीमा बुधबार साँझदेखि हराइरहेका ५ वर्षीय बालकको शव फेला परेको छ।

महोत्तरी रामगोपालपुर नगरपालिका ६ बस्ने चन्द्रकिशोर यादवको ५ वर्षीय छोरा रितेशको बुधबार साँझदेखि हराएका थिए ।

बिहीबार बिहान हीरा साहको फूलबारीको केराको बोट नजिक रितेशको शव परालले छोपिएको अवस्थामा फेला पारिएको हो।

कुहिएकेको अवस्थाको उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी टोलीले घटनास्थलबारे बुझेर शवलाई पोष्टमार्टमका लागि जनकपुरधाम पठाएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश विष्टले जनाए।

शव हेर्दा बालकको घाँटी निमोठेर हत्या गरेको जस्तो देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ। ​

रितेशकी आमा तीन वर्षीय भाइ र उनलाई लिएर माइतीमै बस्दै आएकी थिइन्। बालकका बुवाले अर्को बिहे गरेका छन्।घटनापछि भने बालकका बुवा चन्द्रकिशोर यादव र कान्छी आमा दुवै फरार छन्।

घटना शंकास्पद देखिएकाले थप अनुसन्धान जारी रहेको र बालकका बुवा र कान्छी आमालाई प्रहरीले खोजिरहेको डिएसपी विष्टले बताए।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस