एकैदिन विश्वमा साढे ६ लाखभन्दा बढी संक्रमित थपिए , १० हजार २३४ जनाको मृत्यु

एकैदिन विश्वमा साढे ६ लाखभन्दा बढी संक्रमित थपिए , १० हजार २३४ जनाको मृत्यु

corona patient

विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ५० हजार ५९३ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या १९ करोड ७३ लाख २५ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार सबैभन्दा बढी अमेरिकामा ८४ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सोही अवधिमा भारतमा ४४ हजार ६७३, इन्डोनेसियामा ४३ हजार ४७९ र ब्राजिलमा ४१ हजार ८५३ जना कोरोना संक्रमित थपिएका छन्।

बितेको २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार २३४ जनाको मृत्यु भएको छ।योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख १३ हजार ४५ पुगेको छ।

वल्डोमिटर्सकाअनुसार कोरोनाबाट सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ८९३ जनाको भएको छ। सोही अवधिमा ब्राजिलमा १ हजार ३५४, रुसमा ७९९, भारतमा ५४९, मेक्सिकोमा ५३७ र दक्षिण अफ्रिकामा ५२३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ