पुम्दीकोट बिशाल महादेवको मुर्ति दर्शन तथा अवलोकनमा रोक

पुम्दीकोट बिशाल महादेवको मुर्ति दर्शन तथा अवलोकनमा रोक

Pumdi Bhumdi Shiva Mahadev

तस्वीर सौजन्यः अशोक बस्नेत/प्लस पोइन्ट क्रियशन

पुम्दीकोटस्थित बिशाल महादेवको मुर्ति दर्शनमा तथा अवलोकन बन्द गरिएको छ  । महानगरको वडा नं २२ कार्यालयले महादेव परिसरको दर्शन र अवलोकनमा रोक लगाएको हो ।

पोखरा महानगरपालिका वडा कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि पुम्दीकोट विशाल महादेव परिसर दर्शन तथा अवलोकन बन्द गरिएको जनाएको छ ।

वडाध्यक्ष मित्रलाल बरालले महादेवको मुर्ति दर्शनका लागि पछिल्लो समय दर्शनार्थीहरुको उपस्थिति अत्यधिक हुन गएको र कोभिड १९ बढ्दै गएकोले सबैको सुरक्षाका लागि भन्दै महादेव परिसर बन्द गरिएको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ