भारतमा थप ४१ हजार संक्रमित, ५९८ संक्रमितको मृत्यु

भारतमा थप ४१ हजार संक्रमित, ५९८ संक्रमितको मृत्यु

corona death

भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ४९९ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १६ लाख १२ हजार ७९४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १५ हजार ३९७ जना संक्रीय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५९८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २३ हजार ८४२ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ