कास्कीका १३८ सहित गण्डकीका थप ३३२ जनामा कोरोना पुष्टि, १३६ कोरोनामुक्त

कास्कीका १३८ सहित गण्डकीका थप ३३२ जनामा कोरोना पुष्टि, १३६ कोरोनामुक्त

covid-19-corona

आइतबार गण्डकीका ३३२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३ जनामा गरिएको नमुना परीक्षणमा थप ३३२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १३८ जना, तनहुँका पाँच जना, गोरखाका ३६ जना, लमजुङका १४ जना र नवलपुरका ११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका चार जना, पर्वतका १९ जना, बागलुङका ९३ जना, म्याग्दीका ११ जना र मुस्ताङ जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६८ हजार ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १३६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६१ हजार ७८४ पुगेको छ।

आइतबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका दुई जना र गोरखाका एक जना छन्  । आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०९९ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ