कास्कीको माछापुछ्रेमा गोरु काटेको आरोपमा ४ जना पक्राउ

कास्कीको माछापुछ्रेमा गोरु काटेको आरोपमा ४ जना पक्राउ

police-arrest

सांकेतिक तस्विर

पोखरा । गोरु काटेको आरोपमा कास्की प्रहरीले चार जनालाई गरेको छ।

कास्कीको माछापुछ्रे गाउँपालिका -२ कसेरीस्थित हाईमान तामाङको खालि कुखुरा फार्ममा गोरु काटेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका – २ कसेरी बस्ने ५६ वर्षीय कुल बहादुर बिक, सोही बस्ने २७ वर्षीय अरुण तामाङ, २१ वर्षीय अभिनाष तामाङ र जित बहादुर तामाङका साथै पोखरा महानगरपालिका -१९ तितेपानी बस्ने ३९ वर्षीय कुमार श्रेष्ठ रहेका छन्।

नियन्त्रणमा रहेका उनीहरुविरुद्ध आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ