काठमाडौंको निषेधाज्ञामा थप कडाइ

काठमाडौंको निषेधाज्ञामा थप कडाइ

traffic check

कोरोना सङ्क्रमण बढिरहे पनि भीडभाड नरोकिएपछि काठमाडौं उपत्यकामा अनुगमन हुने भएको छ। अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएको छ।

समितिले आजैदेखि उपत्यकामा अनुगमन थाल्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर अनुगमन हुनेछ। अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही हुने पनि उनले बताए।

मास्क नलगाएकाहरुलाई पहिला मास्क लगाउन प्रोत्साहन गर्छौं, तर फेरि अटेर गरेको पाइए कारबाही हुन्छ,ु उनले भने। त्यस्तै कोरोना रोकथामका लागि भन्दै काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको छ।

यस विषयमा आज बस्ने कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठकमा छलफल हुनेछ। त्यसपछि भोलि बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बारे निर्णय गर्नेछ। काठमाडौं उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि सकिँदै छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ