कास्कीमा साउन २७ गतेसम्म लम्बियाे निषेधाज्ञा (आदेशसहित)

कास्कीमा साउन २७ गतेसम्म लम्बियाे निषेधाज्ञा (आदेशसहित)

Pokhara Scene 2

तस्वीरः विपिन दाहाल

पोखरा । कास्कीमा साउन २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको प्रशासनले जानकारी दिएको छ ।

कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकोले यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई साउन २७ गतेसम्म निरन्तरता दिएको जनाएको छ । यस अघि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि साउन २० गतेसम्म थप गरिएको थियो ।

निषेधाज्ञामा कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ भने लामो दुरीका सवारी साधन सम्बन्धित संघ सस्थाको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी संचालन गर्न पाइनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ