गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। कास्की प्रहरीले हराएको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।
गत बैशाख २६ गते पोखरा महानगरपालिका -१३ मियापाटन चोकबाट काजिमान श्रेष्ठको नाउँमा रहेको ग ४ प ४६२२ नंवरको मोटरसाइकल हराएकोमा प्रहरीले सोमबार फेला पारेको हो।
श्रेष्ठले मोटरसाइकल हराएको जानकारी प्रहरीलाई गरेपनि फेला पार्न नसकिएकोमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा सोमबार सोही वडाको कमला टोलबाट मोटरसाइकल फेला पारेको हो ।
मोटरसाइकल फेला पारेपश्चात अनुसन्धान गर्दै जाँदा प्रहरीले धादिङ जिल्ला घर भइ हाल पोखरा -१३ बस्ने २६ वर्षीय प्रकाश पोखरेल र स्याङ्गजा जिल्ला घर भइ हाल सोही स्थान बस्ने २३ वर्षीय धिरज सुनारलाई पक्राउ गरेको छ ।
पक्राउमा परेका उनीहरुमाथि थप अनुसन्धन भैरहेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।
सम्बन्धित खबर
पोखराको काहुँडाँडामा भीषण डढेलो [तस्वीरहरू]
उपाध्यक्ष महरा पक्राउ परेपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक
पोखरा -१५ ठूलीमजुवामा मोटरेबल पुलको शिलान्यास
लायन्स डिष्ट्रिक्क ‘जे’ को गभर्नरमा थापा निर्वाचित
‘गलबन्दी…’ मा छमछमी नाचे प्रधानमन्त्री
प्रेम प्रस्ताव अस्वीकार गरेपछि सुस्माको हत्या, २१ वर्षीय रुपेन्द्र पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग