कास्कीका १५५ सहित गण्डकीमा थप ५०८ जनामा कोरोना पुष्टि, ६१० कोरोनामुक्त

कास्कीका १५५ सहित गण्डकीमा थप ५०८ जनामा कोरोना पुष्टि, ६१० कोरोनामुक्त

corona-Update

मंगलबार गण्डकीका ५०८ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३५ जनामा गरिएको नमुना परीक्षणमा थप ५०८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३१३ जनाको नमुना परीक्षण गर्दा १५५ जना, तनहुँका १११ जनाको परीक्षण गर्दा ६१ जना, गोरखाका १९९ जनाको परीक्षण गर्दा ८४ जना, लमजुङका ६४ जनाको परीक्षण गर्दा ११ जना र नवलपुरका ८२ जनाको परीक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका १९२ जनाको परीक्षणमा ७७ जना, पर्वतका १९ जनाको परीक्षणमा एक जना, बागलुङका १०८ जनाको परीक्षणमा ५८ जना र म्याग्दी जिल्लाका ४७ जनाको परीक्षणमा १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६९ हजार १५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६१० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६२ हजार ७०० पुगेको छ।

मंगलबार गण्डकीमा थप दुइको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना र कास्की पोखराका एक जना छन्।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११०५ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ