भारतमा थप ४२ हजार संक्रमित, ५६१ संक्रमितको मृत्यु

भारतमा थप ४२ हजार संक्रमित, ५६१ संक्रमितको मृत्यु

india corona

PHOTO: REUTERS

काठमाडौँ– भारतमा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ५६६ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १७ लाख ६७ हजार ९६५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १६ हजार ८२८ जना संक्रीय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५६१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार ७८९ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ