शनिबार गोरखाको दुई नदी किनारमा दुई शव भेटिएका छन्। दरौँदी र मर्स्याङ्दी नदीको किनारमा एक महिला र एक पुरुषको शव भेटिएको हो।
दरौँदीको सिरानचोक गाउँपालिका ७ अर्कुल खण्डमा बारपाक सुलीकोट गाउँपालिका ५ लाँकुरीबोट बस्ने यमप्रसाद भट्टको शव फेला परेको प्रहरीले जनाएको छ। भट्टको शव नदीको मध्यबगरमा फेला परेको एसपी शेखर खनालले जानकारी दिए।
माछा मार्न गएको एक युवाले नदी बिचमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले प्रहरीलाई जानाकारी गराएका थिए। घटनाको अनुसन्धानका लागि जौबारी प्रहरी चौकीबाट प्रहरी खटाएको एसपी शेखर खनालले बताए।
त्यस्तै मर्स्याङ्दी नदीको गोरखा नगरपालिका १४ याङ्कोट खण्डमा एक महिलाको बेवारिसे शव भेटिएको छ। सडेगलेको अवस्थामा शव भेटिएकाले पहिचान गर्न कठिनाइ भइरहेको उनले बताए।
दरौँदी नदीको मध्यभागमा फेला परेको भट्टको शव।
सम्बन्धित खबर
गोरखा नगरपालिका ५ को अध्यक्षमा माओवादी केन्द्रका विष्णु विजयी
गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो
आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री
गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानटारका निशानको मृत्यु, रुपेश गम्भीर घाइते
मनकामना केबलकार भोलिबाट तीन दिन बन्द गरिने
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य