गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् । किरण टीम प्रमोदका हुन् । विजेता किरणले २५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । भुटानी शरणार्थीका रुपमा कष्टकर जीवन बिताइरहेका किरण अमेरिका पुनर्वास भएका थिए । उनी भ्वाइसमै सहभागिता जनाउन नेपाल आएका हुन् ।
फिनालेमा निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एकएक जना प्रतिस्पर्धी फाइनल पुगेका हुन् । टिम प्रमोदबाट किरण गजमेरसँगै टीम दिपबाट आर्यन तामाङ, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई फाइनलमा पुगेका थिए ।
हाल अमेरिकामा बस्दै आएका किरण झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन्। उनका बुवा भुटानबाट लखेटिए पछि मुलथलो नेपाल पुगेका थिए। किरणको बाल्यकाल खुदुनाबारी शिविरमा बितेको हो। अमेरिका लगायत विभिन्न ८ देशले आफूहरुले संरक्षण दिने भनेपछि किरण १४ वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेका थिए।
किरण गजमेर टिम प्रमोदबाट फाइनलमा प्रवेश गरेका हुन्। उनले सेमिफिनालेमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका हुन्। रवि र किरणबिच कडा प्रतिस्पर्धा चलेको थियो। तर कार्यक्रमको नियमअनुसार एकजना बाहिरिनु पर्ने थियो। जसमा रविले किरणको भन्दा कम भोट पाएर बाहिरिएका थिए।
किरणले ब्लाइन्ड अडिसनमा गायक सुजन चापागाईको तिनपाते गीत गाएर चारै जनाको कोचलाई घुमाउन सफल भएका थिए। ब्लाइन्ड राउण्डदेखि नै किरणले निकै प्रशंसा तथा फ्यानको साथ र माया पाएका छन्।
हरेक शुक्रवार र शनिवार राति ८ प्रशारण हुँदै आइरहेको शो को फिनाले शनिवार बेलुकी ८ बजेबाट सुरु भएको थियो । मध्यराति सवा १२ बजे विजेताको नाम घोषणा गरिउको हो ।
शो को फाइनलमा भिड्ने चार प्रतिस्पर्धीबिच निकै कडा प्रतिस्पर्धा थियो । अडियन्सले दिएको भोटको आधारमा प्रतिस्पर्धीमध्ये एक जना विजेता बनेका हुन् ।

फिनालेमा भिडेका प्रतिस्पर्धीका परिचय
तारा श्रीश मगर
टिम राजुबाट बाग्लुङकी तारा श्रीश मगर फाइनलमा पुगेकी हुन्। काठमाडौंका सोनाम शेर्पालाई सेमि फाइनलमा पछि पार्दै उनले आफ्नो यात्रा सुरक्षित बनाएकी हुन्।
ब्लाइन्ड अडिसनमा ताराले गायक सुविन राईको ‘तिमी नै हौ‘’ गीत गाएकी थिइन्। जुन गीत सुनेर चारै जना कोचहरुले कूर्ची घुमाएका थिए। उनले भने कोचमा राजु लामालाई रोजिन्।
तारा पनि आफ्नो निखारिएको गायनले दर्शकको मन जित्न सफल छिन्। ताराले कौरा, सालैजो, गुरुङ, मगर भाषाका थुप्रै गीतहरु गाउनुका साथै फिल्म ‘शिरफूल’को शीर्ष गीतमा समेत स्वर भरिसकेकी छिन्।
आर्यन तामाङ
प्रतिस्पर्धी आर्यन तामाङ टिम दिपबाट फाइनलमा पुगेका हुन्। भारतको दार्जिलिङ घर भएका आर्यनलाई भ्वाइसका ुकान्छा छोराु को नामले समेत चिन्ने गरिन्छ। आर्यनले सेमि फिनालेमा बुटवलका गोविन पुनलाई भोटिङमा उछिनेर फाइनलमा प्रवेश गरेका हुन्।
१९ वर्षिय आर्यनले दार्जिलिङबाट नै डिजिटल अडिसन दिएर ब्लाइन्ड अडिसनमा छानिएका हुन्। द भ्वाइस अफ नेपाल २ का प्रतिस्पर्धी विकास लिम्बुको पहिलो नजर बोलको गीत गाएर उनले ब्लाइन्ड अडिसनमा कोच दीप र तृष्णाको कुर्ची घुमाउन सफल भएका थिए। जसमा उनले दीप श्रेष्ठलाई कोचका रुपमा छानेका थिए।
ज्वाला राई
खोटाङ भोजपुरका ज्वाला राई टिम तृष्णाबाट फाइनलमा भिड्नेछन्। उनले सेमी फाइनलमा काठमाडौंकी अफ्रिता खड्गीभन्दा बढी भोट पाउँदै फाइनलमा पुगेका थिए।
कभर गीत गाएर चर्चामा आएका ज्वालाले ‘कोच तृष्णा’को टिमबाट आफूलाई निखार्दै फाइनलसम्मको यात्रा तय गरेका छन् ।
उनले ब्लाइन्ड अडिसनमा सुगम पोखरेल र अन्जु पन्तको तिमीबिनाको पल गीत गाएका थिए। कोचहरु दीप तृष्णा र प्रमोदले कुर्ची घुमाएका थिए। उनले भने कोच तृष्णालाई रोजेका थिए।
सम्बन्धित खबर
प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’