गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको २५ लाख पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन्।
शनिबार मध्यरातमा सर्वाधिक भोट मार्फत विजेता बनेका उनले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । प्रमोद खरेलको टिममा रहेका गजमेरले अन्य ३ प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै उपाधि जितेका हुन् । भोटका आधारमा उपाधि जितेका उनले २५ लाख रुपैयाँपाएका हुन् ।
विगतमा आफूले शरणार्थी जीवन बिताउँदा उपचारकै अभावमा हजुरआमा गुमाएको स्मरण गर्दै गजमेरले एम्बुलेन्स सहयोग गर्ने बताएका हुन्।
‘आफूले जितेको २५ लाखमध्ये एक हजार रूपैयाँ आमालाई दिन्छु। अरू पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र बाकि रहेको पैसाले कोरोना विरूद्धको खोप लगाउनबाट वञ्चित भएकालाई सहयोग गर्छु,’ उनले विजेता भएपछि भने।
एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपाधिको छिनोफानो भएको हो । हाल अमेरिका बस्दै आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन्।
सम्बन्धित खबर
प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन