म्याग्दीको बेनीमा भीषण आगलागी: दुईवटा पसल जलेर नष्ट, लाखौंको क्षति

म्याग्दीको बेनीमा भीषण आगलागी: दुईवटा पसल जलेर नष्ट, लाखौंको क्षति

aaglagi

म्याग्दी । म्याग्दीको बेनी बजारमा मंगलबार (आज) बिहान भीषण आगलागी भएको छ ।

बेनी नगरपालिका– ८ स्थित न्यूरोडमा मंगलबार बिहान २ः४५ बजे भएको आगलागीबाट दुईवटा पसल पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं बराबरको क्षति भएको अनुमान गरिएको छ ।

घर स्थानीय सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो । जस्तापाताले छाएको एकतले उक्त घरका दुईवटा सटरमा रघुगंगा डेरी र नयन स्टोर्सले भाडा तिरेर पसल सञ्चालन गरेका थिए । आगलागीबाट दुवै पसलमा क्षति पुगेको छ । डेरी पसलबाट सल्केको आगलागी सँगै जोडिएको नयन स्टोर्समा पुगेको थियो ।

आगलागी भएको केही बेरमा नै दमकलको साहयतामा आगलागी नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली स्थानीयको सहयोगमा अहिले आगलागी नियन्त्रणमा आएको जनाइएको छ ।

आगलागीको एकीन कारण भने खुल्न सकेको छैन । पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ