अर्जुनलाई देवी र सारिकाको अत्तर ‘हरर…’ (भिडियो)

अर्जुनलाई देवी र सारिकाको अत्तर ‘हरर…’ (भिडियो)

arjun hararara

युवा पुस्तामाझ प्रिय गायक अर्जुन सापकोटाले तीजलाई लक्षित गर्दै नयाँ तीजे गीत सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक ‘हरर…’ बोलको तीज गीतलाई दर्शक/श्रोताले अत्यधिक मन पराएको प्रतिक्रिया दिएका छन् ।

सदाबहार प्रिय गायिका देवी घर्ती मगरसँगको सहकार्य अर्जुनलाई फेरि पनि फलिफाप हुने छनक देखिएको छ । अर्जुनलाई सबैमाझ प्रिय र चर्चामा ल्याएको गीत ‘बनकी चरी’ मा पनि देवी घर्तीको साथ छ ।

‘चुलबुले’ र ‘क्यूट’ गायकको उपमा पाएका अर्जुनले यस वर्ष पनि व्यस्त मोडल सारिका केसीसँग कम्मर भाँचेका छन् । यसअघि उनको तीजे गीत ‘कम्तिको छैन है म नि’ मा सारिका र देवी नै छन् ।

गुरुआमा फिल्मसकी स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको भिडियोमा शरद एलजी, अभिषेक गुरुङ, रुबिना अधिकारी र नारायणी खत्रीले अर्जुन र सारिकासँगै स्क्रिन शेयर गरेका छन् । भिडियो सुरेश श्रेष्ठले खिचेका हुन् ।

यो गीत ‘हरर..’ को शब्द रचना शरद पाण्डेले गरेका हुन् भने अर्जुन स्वयंको भाका हो । यज्ञ सापकोटा, सज्जन बोहोरा, रुबी सिंजाली र पेमा रानाले गायनमा साथ दिएका छन् । कृष्ण बिक ‘भाञ्जा’को एरेन्ज रहेको छ । मारुनीमा रेकर्डिङ गरिएको गीतलाई खुमन राना, सुमन राना र कुमार रानाले रेकर्ड र मिक्सिङमा साथ दिएका छन् ।

सम्बन्धित समाचारः

‘बनकी चरी’ टिकटकमा मनकी चरी (भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ