गण्डकीमा कोरोना : १२५६ जनाको परीक्षण गर्दा ६८० जनामा कोरोना पुष्टि,५ को मृत्यु

गण्डकीमा कोरोना : १२५६ जनाको परीक्षण गर्दा ६८० जनामा कोरोना पुष्टि,५ को मृत्यु

corona-graph

बुधबार गण्डकीका ६८० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२५६ जनामा गरिएको नमुना परीक्षणमा थप ६८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १९७ जना, तनहुँका ३४ जना, गोरखाका १२१ जना, लमजुङका २३ जना र नवलपुरका ५४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ६८ जना, पर्वतका ८८ जना, बागलुङका ८४ जना, म्याग्दीका १० जना र मुस्ताङ जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७३ हजार ८६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५१९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६६ हजार ५७५ पुगेको छ।

बुधबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका दुई जना, बागलुङका एक जना, कास्कीका एक जना र तनहुँका एक जना छन्।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११५४ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ