जापानको क्युसु क्षेत्र फुकुओकामा बस्दै आएका नेपालीहरुको पूरानो संस्था फुकुओका नेपाल सोसाईटीले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा यस वर्ष अनलाइनबाटै तीज नृत्य प्रतियोगिता आयोजना गर्दैछ ।
यस प्रतियोगितामा सहभागिता जनाउन सोसाईटीले अनुरोध पनि गरेको छ । सोसाईटीका सचिव अशोक सेढाईंका अनुसार प्रत्येक वर्ष नेपालबाट चर्चित कलाकारहरु आमन्त्रण गरी वृहत तीज गीत÷नृत्य प्रतियोगिता आयोजना गर्दै आएकोमा कोरोनाका कारण नियमित कार्यक्रम प्रभावित बनेको हो । गत वर्ष पनि कोरोनाकै कारण औपचारिक कार्यक्रम नगरी फोटो कन्टेस्ट गरेको र यसपटक भने अनलाइनबाटै सहभागिता जनाउन सक्ने गरी नृत्य प्रतियोगिता गर्न लागिएको हो ।
संस्थाका प्रवक्ता एवंम कार्यक्रम संयोजक दिलेन्द्र जोशीले कार्यक्रमको निर्णायकहरुकमा चर्चित निर्देशक स्मृति तिमिल्सिना गुरुआमा, नायिका तथा चर्चित मोडल रञ्जिता गुरुङ र करिश्मा ढकाल रहनेछन् । प्रतियोगितामा प्रथम हुनेले नगद ४४ हजार ४ सय ४४, द्वितीय हुनेले ३३ हजार ३ सय ३३, तृतीय हुनेले २२ हजार २ सय २२ र सान्त्वना हुनेले नगद १५ हजार पुरस्कार जित्नेछन् ।

भिडियो अगष्ट ९ देखि २१ तारिखसम्म पठाउन सकिनेछ । अगष्ट २३ मा भिडियो प्रकाशन गरिने र सेप्टेम्बर ९ तारिखमा नतिजा प्रकाशन गर्ने आयोजकले जनाएको छ । नियमअनुसार खिचेर पठाईएको भिडियोलाई संस्थाको पेजबाट प्रकाशन गरिने आयोजकले जनाएको छ । भिडियो [email protected] मा पठाउन अनुरोध गरिएको छ ।
सोसाईटीका अध्यक्ष माधव सिग्देलले विश्वको जुनसुकै ठाउँबाट पनि सहभागी हुन सकिने जनाए । समूह तथा एकल दुवै प्रकारका नृत्यलाई मान्यता दिइने, भिडियो ३ देखि ५ मिनेट अवधिको हुनुपर्ने, भिडियो एक टेकमै खिचिएको र सम्पादन नगरिएको हुनुपर्ने लगायतका नियम राखिएको छ ।
थप नियमः

कार्यक्रमलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाले सहयोग गरेको छ ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ