भारतमा काेराना : थप ४० हजार संक्रमित, ५८५ काे मृत्यु

भारतमा काेराना : थप ४० हजार संक्रमित, ५८५ काे मृत्यु

corona-dead

भारतमा पछिल्लो २४ घन्टामा थप ४० हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड २० लाख ७७ हजार ७०६ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ५८५ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ३० हजार २५४ पुगेको छ।

यही अवधिमा ४२ हजार २९५ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ८५ हजार २२७ रहेको छ ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५२ करोड ९५ लाखभन्दा बढी डोज भ्याक्सिन लगाइसकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ