शनिबार पोखराका ५ सहित गण्डकीमा थप १० जनाको मृत्यु पुष्टि, ३१७ जनामा संक्रमण

शनिबार पोखराका ५ सहित गण्डकीमा थप १० जनाको मृत्यु पुष्टि, ३१७ जनामा संक्रमण

Gandaki covid corona 3

शनिबार गण्डकीका ३१७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ८६७ जनामा गरिएको नमुना परीक्षणमा थप ३१७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १९६ जना, तनहुँका एक जना, गोरखाका एक जना, लमजुङका एक जना र नवलपुरका ४० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका १५ जना, पर्वतका एक जना, बागलुङका २७ जना र म्याग्दी जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७५ हजार ३०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५०८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६८ हजार २४ पुगेको छ।

शनिबार गण्डकीमा थप दश जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, गोरखाका एक जना, बागलुङका एक जना, स्याङ्गजाका एक जना, म्याग्दीका एक जना र कास्की जिल्ला पोखरा महानगरका विभिन्न वडाका पाँच जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११८० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ