पाकिस्तानको कराँची शहरको बाहिरी क्षेत्रमा भएको ग्रिनेड आक्रमणमा १३ जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त आक्रमणमा अन्य धेरै मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पाकिस्तान प्रहरीले अहिलेसम्म यो आक्रमणमा कसको हात रहेको छ भन्ने नखुलेको बताएको छ । पाकिस्तान प्रहरीका एआईजी इमरान याकूबले भनेका छन्, ‘यो पारिवारिक कारणले घटाइएको घटना हो वा आतंकवादी आक्रमण हो भन्ने हामीले जान्न प्रयास गरिरहेका छौं । यद्यपि हामीसँग ठोस प्रमाण नहुँदासम्म अन्तिम निष्कर्षमा पुग्न भने सकिँदैन । अहिलेको अवस्थामा केही पनि भन्नु प्रारम्भिक आँकलन मात्र हुन्छ ।’
पाकिस्तानको आतंकवाद नियन्त्रण विभाग (सीटीडी)का एक वरिष्ठ अधिकारीका अनुसार आक्रमणकारीहरु मोटरसाइकलमा चढेर आएका थिए र उनीहरुले ट्रकमा ग्रिनेड आक्रमण गरेका हुन् ।
सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अलि शाहले यो घटनामा परेका मानिसहरुको उद्धार तथा उपचारको लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन् । उनले यो घटनामा दुःख पनि व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
कङ्गोमा पत्ता नलागेको रोगबाट ७९ जनाको मृत्यु
आज विश्व एड्स दिवस
भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत