पोखरामा आइतबार बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई महिला घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक बद्री खत्री रहेका छन् । उनको घर नवलपरासी रहेको खुलेको केसीले जनाए । घाइते दुई महिलाहरु सपना घोताने र किरण अर्याल रहेका छन् ।
पोखरा महानगरपालिका-१८, मेथलाङमा सबेरै सडकबाट कार खसेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगी उद्धारकार्यमा जुटेको थियो । उद्धार कार्यमा स्थानियले पनि सघाएका थिए । एक पुरुष र दुई महिलाको उद्धार गरिएकोमा पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता दीपक केसीले जानकारी दिए ।
प्रहरीका अनुसार घाइतेहरुको सहारा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ । दुवै जनाले आफूहरु पोखराकै रहेको बताएको प्रहरीले जनाएको छ ।
ग १ च ७२३४ नम्बरको सिल्भर कलरको कार सडकबाट तल खसेको अवस्थामा बिहान स्थानियले देखेका थिए । प्रहरीलाई खबरपछि वडा प्रहरी कार्यालय, बगरबाट टोली खटिएका थिए ।
दुर्घटनामा घाइते भएका चालक खत्रीलाई पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले बिहान ९ः४० बजे मृत घोषणा गरेका हुन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन