पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी नियम उल्लङ्घन गर्ने २६ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
प्रहरीले मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने, ध्वनि प्रदुषण गर्ने तथा लापरवाही तरिकाले तीब्र गतिमा मोटरसाइकल चलाएको भन्दै ती सवारीलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकामा बुलेट मोटरसाइकल ७ वटा, क्रसफायर ११ वटा र अन्य ८ वटा मोटरसाइकल छन्।
सवारी नियम उल्लंघन कार्यलाई नियन्त्रण गर्न अभियानकै रूपमा लागिपरेको कास्की प्रहरीले शनिबार पोखरा विभिन्न स्थानमा गरेको चेकजाँचमा उक्त सवारीलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी चलाउने चालक विरुद्ध कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पछिल्लो समय पोखरामा चर्को ध्वनिमा तीब्र गतिका साथ मोटरसाइकल चलाइरहेको भन्ने सर्वसाधारणको ब्यापक गुनासो छ।
सम्बन्धित खबर
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् शपथ
पर्वतीय महोत्सव सकियो
कृषि मन्त्री श्रेष्ठको सय दिनका मुख्य उपलब्धिहरू सार्वजनिक
रविलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत