पोखरा । लुम्बिनी प्रदेशमा माओवादी र काँग्रेसले आधा आधा गरी आलोपालो सरकार बनाउने सत्ता गठबन्धनको निर्णयपछि गण्डकीमा पनि सोहि अनुसार हुनुपर्ने माओवादीका गण्डकी नेताहरुले माग गरेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा गण्डकी प्रदेशमा आलोपालो सरकार चलाउनुपर्ने माग उठेको हो । आइतबार केन्द्रीय कमिटी बैठकमा पार्टीका गण्डकी अध्यक्ष हितराज पाण्डेले आलोपालो सरकार चलाउनुपर्ने माग राखे ।
माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने गरी माओवादीका कुलबहादुर केसीको नेतृत्वमा सरकार गठन भएको छ । फागुन ३ पछि काँग्रेसले मुख्यमन्त्री लिने गठबन्धनबीच सहमति भएको भनिएको छ ।
गठबन्धनमा सहमति गराएर आलोपालो चलाउन प्रक्रिया थाल्न पाण्डेले शीर्ष नेताहरुलाई आग्रह गरेका हुन् । ‘लुम्बिनीमा बाँडेपछि यता गण्डकीमा पनि बाँड्नुप¥यो । आधाआधा कार्यकाल चलाउनुपर्छ,’ पाण्डेले बैठकमा भनेका छन् । गण्डकीबाट १६ जना नेता केन्द्रीय कमिटी बैठकमा सहभागी छन् ।
गण्डकी प्रदेश सभाका माओवादी सांसदहरुको चाहना पनि त्यही रहेको मुख्यमन्त्रीका आकांक्षी एवं पूर्व आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले बताए । गण्डकीको सत्ता गठबन्धनमा आफूहरुले कुरा नराखेपनि आलोपालो नै चलाइनुपर्ने चुमानको जिकिर छ । ‘गठबन्धन त केन्द्रबाट नै बनेको हो, गण्डकीमा भनेर हुँदैन । केन्द्रमै भन्नु पर्ने भएर त्यहाँका नेताहरुलाई यो प्रस्ताव राख्नुपर्दैन, केन्द्रले नै कुरा मिलाउनुपर्छ,’ चुमानले भनेका छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए