एजेन्सी । अफगानिस्तानमा हालै सत्ताकब्जा गरेको तालिबानले त्यहाँस्थित भारतीय वाणिज्य दूतावासमा बुधबार छापा मारेको छ । ताला तोडेर तालीबानी लडाकुहरु दूतावासभित्र प्रवेश गरेको बताइएको छ ।
भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको हवाला दिँदै बिबिसी हिन्दी लगायत सञ्चारमाध्यमहरुले उक्त खबर बाहिर ल्याएका छन् । जसअनुसार अफगानिस्तानको कन्धार र हेरातमा रहेका तर हाल बन्द अवस्थामा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोलेर तालिबानी लडाकु भित्र प्रवेश गरेका हुन् । त्यस क्रममा उनीहरूले कन्धारस्थित भारतीय दूतावासको दस्तावेज खोज्दै दराज खोलेको र दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरु लिएर हिँडेको बताइएको छ ।
तर जलालावाद र राजधानी काबुलमा रहेका भारतीय वाणिज्य दूतावासमा भने के भइरहेको छ, त्यसबारे यकीन जानकारी प्राप्त भइसकेको छैन ।
राजधानी शहर काबुलमा भने तालीबानी लडाकुहरु घरघरमा प्रवेश गरेर खानतलासी दिइरहेका जनाइएको छ । अफगानहरु को खोजी मा घर(घर खोज आयोजित गरीएको छ । काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडीएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेका हुन् ।
रिपोर्टका अनुसार हक्कानी नेटवर्कका करिब ६ हजार लडाकुहरुले राजधानी काबुल कब्जा गरेका छन् । यसको नेतृत्व हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ अनस हक्कानीले गरेका छन् । अनस हक्कानीले अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद करजई र एचसीएनआर प्रमुख अब्दुल्ला अब्दुल्लाहलाई भेटेको बताइएको छ । यसले यो पनि देखाउँछ कि करजई र अब्दुल्लाका गतिविधिहरु प्रतिबन्धित र तालिबानद्वारा नियन्त्रित छन् ।
यसैबीच, अफगानिस्तानको बदलिँदो परिस्थितिमाझ भारतका विदेशमन्त्री एस जयशंकरले चरमपन्थी संगठन हक्कानी नेटवर्कको गतिविधिबारे संयुक्त राष्ट्र सुरक्षा परिषदमा मुद्दा उठाएका छन् । उनले भनेका छन् कि पाकिस्तानमा आधारित लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदजस्ता चरमपन्थी संगठनले निर्भयतासंग प्रोत्साहित हुँदै काम गरीरहेका छन् ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर