पर्वतको कटुवाचौपारी र पिपलटारी १५ गते सम्म ‘सिल’

पर्वतको कटुवाचौपारी र पिपलटारी १५ गते सम्म ‘सिल’

Sil

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका दुई वटा वडा पुर्ण रुपमा सिल गरिएको छ । कुश्मा नगरपालिका ९ कटुवाचौपारी र १० पिपलटारी गएराती १२ बजेदेखि लागु हुनेगरी भदौ १५ गते सम्म सिल गरिएको हो ।

भदौ १ गते ६४ जनाको पिसिआर परिक्षण गरिएकोमा दुई वडाका मात्रै २२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि थप संक्रमण फैलन नदिनका लागि १० दिनका लागि पुर्ण रुपमा सिल गर्ने निर्णय गरिएको पिपलटारीका वडा अध्यक्ष सुजन विक अमरले जानकारी दिए ।

वडा सिफारीस र सिसीएमसीको स्वीकृतिमा सिल गरिएको हो । उनका अनुसार अत्यावश्यक खाद्यान्नका पसलहरु विहान ८ देखि ९ बनजेसम्म र साँझ ५ देखि ६ बजेसम्म मात्र खोल्न पाईने भएको छ ।

अहिले पर्वत जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय भन्दा बढि रहेको छ । सदरमुकाम भन्दा ग्रामीण क्षेत्रमा संक्रमणको दर उच्च रहेको पाईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds