कास्कीका १७५ सहित गण्डकीमा थप २८८ जनामा कोरोना संक्रमण, ७ को मृत्यु पुष्टि

कास्कीका १७५ सहित गण्डकीमा थप २८८ जनामा कोरोना संक्रमण, ७ को मृत्यु पुष्टि

Gandaki covid corona 3

आइतबार गण्डकीका २८८ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९४१ जनामा गरिएको नमुना परीक्षणमा थप २८८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १७५ जना, तनहुँका २५ जना, गोरखाका १७ जना, लमजुङका नौ जना र नवलपुरका आठ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका २१ जना, बागलुङका दुई जना र म्याग्दी जिल्लाका ३१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७८ हजार ७५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६७८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७२ हजार ५११ पुगेको छ।

आइतबार गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा म्याग्दीका एक जना, स्याङ्गजाका दुई जना, तनहुँका एक जना र कास्की पोखरा महानगरका तीन जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२३९ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ