‘दाजुभाइको तीज’ गीत सार्वजनिक, सचेतनासँगै पूराना हिट गीतको स्मरण (भिडियो)

‘दाजुभाइको तीज’ गीत सार्वजनिक, सचेतनासँगै पूराना हिट गीतको स्मरण (भिडियो)

arjun new song

तीज गीतमा जमेका गायकहरु मिलेर ‘दाजुभाइको तीज’ गीत सार्वजनिक गरेका छन् ।

तीजे गीतका सम्राट भनेर चिनिने पशुपति शर्मा, हिट तीज गीत दिँदै आएका गायक राजु ढकाल र यज्ञ सापकोटालाई पछिल्लो समय चर्चित युवा गायक अर्जुन सापकोटाले ‘दाजुभाइको तीज’ गीतमा समावेश गरेका छन् ।

गीत रमाईलो मात्र छैन, चेतनामूलक पनि उत्तिकै छ । खोप लगाएपनि कोरोना सार्न सक्ने भएकाले मास्क अनिवार्य लगाउन सुरुमै सचेतना प्रदान गरिएको छ ।

अर्जुन आफ्नै शब्द र संगीत रहेको गीतलाई कृष्ण बिक ‘भाञ्जा’ले एरेन्ज गरेका हुन् । यो गीतमा पशुपतिको चर्चित तीज गीत ‘सैले डोरी बाटेको चट्टै’, राजु ढकालको चर्चित तीज गीत ‘छाता हरायो’, अर्जुनकै तीज गीत ‘ढल्केरै नाच्छु’ र ‘बुट्टा भरेको’लाई पनि स्मरण हुने गरी जोडिएको छ ।

भिडियोमा सारिका केसीले कम्मर भाँचेकी छन् । मदन खड्काले निर्देशन गरेको भिडियो विरेन्द्र भट्टले खिचेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन् । भिडियोलाई गायक राजु ढकालकै न्यू ट्रान्जिट रेष्टुरेन्ट, सामाखुशीमा छायाँकन गरिएको हो ।

अर्जुनको हालै सार्वजनिक तीज गीत ‘हरर..’ अझै पनि म्युजिक तर्फ ट्रेण्डिङमा परिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ