रेलको ठक्करबाट मुम्बईमा एक नेपालीको मृत्यु

रेलको ठक्करबाट मुम्बईमा एक नेपालीको मृत्यु

death

भारतको मुम्बईमा एक नेपाली युवतीको रेलको ठक्करबाट मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीया कालु परियार रहेको भारतीय मिडियाहरुले जनाएका छन्।

रेलको लिकमा मोबाइल फोन हराएपछि खोजिरहेको बेला तीव्र गतिमा आएको रेलले उनलाई ठक्कर दिएको र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

घटना भएको एक महिनापछि उनको शव परिवारका सदस्यलाई जिम्मा लगाइएको सरकारी रेल्वे प्रहरी (जीआरपी)ले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ