नेकपा एमाले केपी शर्मा ओलीको पेलानमा परेका गण्डकीका माधव नेपाल पक्षका नेताहरु अन्ततः माधव नेपाल छाडेर ओलीसँगै बस्ने भएका छन् ।
पार्टी विभाजन गरी वरिष्ठ नेता नेपालले नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बनाएपछि एमालेका नेताहरूको पार्टी रोज्ने क्रम तीव्र बनिरहँदा गण्डकीका तीन नेताहरु पार्टी नछाड्ने भएका हुन् ।
गण्डकीका एमाले नेताहरु श्रीमाया थकाली, सीता गिरी ओली र रवीन्द्र अधिकारी पहिलोपटक सहित यसअघि नेपाल पक्षमा रहेका एमालेका २० जना केन्द्रीय सदस्य ओलीतर्फ लागेको बुझिएको छ ।
अदालतले पार्टी पुनःस्थापना गरेयता ती नेताहरु आज पहिलोपटक ओली नेतृत्वको एमालेको बैठकमा सहभागी हुने बताइन्छ । भानुभक्त जोशी, झपट रावल, राजबहादुर बूढा, ठाकुर गैरे, निरज आचार्य,माधव अर्याल, सुरेन्द्र मानन्धर, अरुण नेपाल, रचना खड्का, रविन कोइराला, परशुमेघी गुरुङ, जीवन घिमिरे, धर्म निरौला, यज्ञराज सुनुवार, नरेश खरेल, हरिबहादुर राई र भाष्कर काफ्ले एमालेमै रहने भएका छन् ।
लामो समय नेपाल पक्षमा रही माधव नेपाल पक्षलाई उचालेर हिँडेका र ओलीलाई असाध्यै तल्लो स्तरसम्म पुगेर गालीगलौजमा उत्रेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघु पन्त, गोकर्ण विष्ट, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम आचार्य, सुरेन्द्र पाण्डे लगायत १० नेता एमाले पुनःस्थापनायता पहिलोपटक स्थायी कमिटीको बैठकमा सहभागी हुँदै आफूलाई ओली पक्षमा समाहित गरेका थिए ।
सम्बन्धित खबर
बाढीपीडितका लागि शान्ति निकेतन स्कूलद्वारा राहत कोषमा ५० हजार सहयोग
निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो