आइतबार कास्कीका ५३ सहित २३० जनामा संक्रमण, ५०४ संक्रमणमुक्त

आइतबार कास्कीका ५३ सहित २३० जनामा संक्रमण, ५०४ संक्रमणमुक्त

corona-Update

आइतबार गण्डकीका २३० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९६२ जनामा गरिएको नमुना परीक्षणमा थप २३० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ५३ जना, तनहुँका ११ जना, लमजुङका १६ जना र नवलपुरका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ४१ जना, गोरखाका १३ जना, बागलुङका २१ जना र म्याग्दी जिल्लाका २० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८१ हजार ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५०४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७६ हजार ४०० पुगेको छ।

आइतबार गण्डकीमा थप छ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा तनहुँका तीन जना र कास्की पोखरा महानगरका तीन जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२९० पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds